काभा पुरुष भलिबल कान्तिपुर म्याक्समा

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Kava Men's Volleyball at Kantipur Max

काठमाडौँ — काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले गर्ने भएको छ । च्याम्पियन्सिपको ब्रोडकास्टिङ पार्टनर हाम्रो खेलकुदले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका‌ लागि कान्तिपुर टेलिभिजनसँग शुक्रवार सम्झौता गरेको हो ।

कान्तिपुर टिभीका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । डिजिटलमा हाम्रो खेलकुदको युट्युब र टेलिभिजनमा कान्तिपुर म्याक्स एचडीले च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्नेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका २, भारत, माल्दिभ्स र इरानको‌ समान १ गरि ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आठौं प्रधानमन्त्री कप एनभीए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालो क्लबले च्याम्पियनसिपमा भाग लिनेछन् ।

सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ । काभाको यो वर्ष नेपाल भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।

यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो । 

कान्तिपुर

Link copied successfully