काठमाडौँ — फोलिड्रम लुम्बिनीसँग कन्फिडेन्स पार्टनरका रूपमा जोडिएको छ । फोलिड्रम र लुम्बिनी बीच शनिबार सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । फोलिड्रमका प्रमुख कार्यकारी अधिकृत प्रभात अग्रवाल र लुम्बिनीका स्वामित्वकर्तामध्येका एक करण बस्नेतको उपस्थितिमा सम्झौता भएको थियो ।
सम्झौतापछि अग्रवालले भने, ‘हामी कन्फिडेन्स पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित छाैँ। फोलिड्रमले सबैलाई उनीहरूको उत्कृष्टतामा पुग्नमा सहयोग र सहकार्य गर्ने कुरामा विश्वास गर्छ र यो सहकार्यले पनि हामी दुवै पक्षको उत्कृष्टता सिर्जना गर्छ भन्नेमा म विश्वस्त छु ।’
बस्नेतले पनि सहकार्यप्रति उत्साहित रहेको बताउँदै फोलिड्रमसँगको सहकार्यले हाम्रो आत्मविश्वासलाई संकेत गर्ने जनाए ।
