भालाडोलिडलाई हराएर एटलेटिको दोस्रो स्थानमा

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

Atletico beat Valladolid into second place

काठमाडौँ — एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल भालाडोलिडमाथि ५–० को हात पारेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एटलेटिकोको १५ खेलबाट ३२ अंक भएको छ ।

शीर्षमा रहेको बार्सिलोनाको समान खेलबाट ३० अंक छ । रियल म्याड्रिड भने ३० अंकमा तेस्रो स्थानमा छ । तर उसले दुई खेल कम खेलेको छ र उसका सामु शीर्ष स्थानमा उक्लने अवसर बनेको छ ।

आइतबार रियलले गेटाफेको सामना गर्दैछ । बार्सिलोना शनिबारकै अर्को खेलमा लास पाल्माससँग २–१ ले पराजित रह्यो । रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको पाल्पासका लागि फाबियो सिल्भाले ६७ औं मिनेटमा निर्णायक गोल गरे र बार्सिलोना आफ्नो घरमै स्तब्ध रह्यो ।

अन्य खेलमा इस्पनयोलले सेल्टा भिगोलाई ३–१ ले हरायो भने एलाभेस र लेनानसले १–१ को बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully