कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

मंसिर १४, २०८१

कान्तिपुर संवाददाता

Mahindra as the main sponsor of Karnali Yaks

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी अग्नी ग्रुपको महिन्द्रासँग सम्झौता गरेको छ ।

शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतामा कर्णाली याक्समा प्रवर्द्धक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरे । 

सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह–प्रवर्द्धक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, यङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

महिन्द्रा, अग्नी ग्रुपका उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना दिइन् । 

Mahindra as the main sponsor of Karnali Yaks

कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । कार्यक्रममा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थिति थियो । 

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूद छन् । 

कान्तिपुर

Link copied successfully