श्रीलंकासँग नेपाल पराजित

कार्तिक १७, २०८१

कान्तिपुर संवाददाता

Nepal lost to Sri Lanka

काठमाडौँ — हङकङमा संचालित २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । शनिबार दिउँसो भएको खेलमा १ सय २४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा समेटिएपछि ४० रनले पराजित भएको हो ।

नेपालका लागि रसिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जीसीले १३ रनको योगदान दिए । अन्य कुनै ब्याटरले भने दोहोरो अंक छुन सकेनन् । 

टस जितेर फिल्डिङको निर्णय गरेको नेपालका सबै बलर श्रीलंकासामु निरीह साबित भए । प्रतिश जीसीबाहेक अन्य सबै बलर महँगो साबित भएका थिए ।  

६ ओभरको प्रतियोगितामा श्रीलंकाले २ विकेटको नोक्सानीमा १ सय २३ रन बनाएको थियो । श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५०, कप्तान निहुरु मधुशंकाले अविजित ३१ र लाहिरु समाराकुनले २२ रनको योगदान दिएका थिए ।

नेपालका लागि प्रतीश जीसी र नारायण  जोशीले १/१ विकेट लिए ।

यसअघि पुल ‘बी’ मा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराउँदै नेपाल समूह विजेता बनेको थियो र क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

कान्तिपुर

Link copied successfully