न्युजिल्यान्डले जित्यो वुमेन्स ट्वान्टी-२० विश्वकपको उपाधि

कार्तिक ५, २०८१

कान्तिपुर संवाददाता

New Zealand won the Women's Twenty20 World Cup title

काठमाडौँ — न्युजिल्यान्डले आइतबार  वुमेन्स ट्वान्टी-२० विश्वकपको उपाधि जितेको छ । उसले दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई सजिलै ३२ रनले हराएको हो । प्रतियोगिता अगाडि न्युजिल्यान्ड लगातार दस खेलमा पराजित रहेको थियो ।

तर यही टिमले महिला ट्वान्टी-२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो । न्युजिल्यान्डले सन् २००९ र २०१० को पनि फाइनल खेलेको थियो, तर दुवै अवसरमा पराजित रहेको थियो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ५८ रन बनाएको थियो । त्यसमा अमेरिया केरले सर्वाधिक ४३ रन बनाइन् । पछि उनी नै ‘प्लेयर अफ द म्याच’ भइन् ।

केरले पछि बलिङ गर्दै २४ रनमा तीन विकेट पनि लिइन् र दक्षिण अफ्रिका नौ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सफल रह्यो । पहिलो विकेटका लागि ५१ रन बनाएको दक्षिण अफ्रिकाले त्यसपछि नियमित विकेट गुमाएको थियो । 

कान्तिपुर

Link copied successfully