काठमाडौँ — कात्तिक ४ देखि २१ सम्म बुड्वा मोन्टेनेग्रोमा हुने आइबा युथ मेन्स एन्ड वुमेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता भएको छ ।
नेपाल बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगिताको महिला ५२ केजी तौल समूहमा जेनेक्सकी स्वस्तिका तिरुवाले नक्सालकी दिव्या लिम्बूलाई अंकका आधारमा ५–० ले पराजित गरिन् ।
६० केजी तौलमा कास्कीकी निसिका गुरुङले अंककै आधारमा ललितपुरकी प्रिक्ष्या लामालाई ५–० ले हराइन् । पुरुषतर्फ ५१ केजी तौलमा एचटुओका अर्पिल रानाले अंकका आधारमा एबीसीका पारस बम्जन तामाङलाई ५–० ले हराए । ५४ केजी तौलमा आरडीएसका रोसिस्की शाहीले एचटुओका सञ्जय पुन मगरविरुद्ध अंकका आधारमा जित पाए ।
पुरुष ५७ केजीमा एचटुओका छेवाङ तामाङले कास्कीका साहिल लिम्बूलाई स्पिलिटीका आधारमा ४–० ले हराए । ६३.५ केजी तौलमा ललितपुरका रोविन केसीले भाइबका आशिष रिजालमाथि वल्कओभरका आधारमा हराए । ६७ केजीमा एसएसबीसीका भूगोल बम ठकुरीले केवाईबीसीका आदर्श कार्कीलाई युनानिमस ५ः० को आधारमा हराएका थिए ।
