कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ललितपुर क्विन्समा आयशा

भाद्र २१, २०८१

काठमाडौँ — भलिबलको फ्रेन्चाइज टोली ललितपुर क्विन्सले सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलाई गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।

‘ललितपुर क्विन्ससँग आबद्ध हुन पाउँदा असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किंदै गर्दा यस स्थानसँग मेरो गहिरो आत्मीयता छ र यो टिमसँग जोडिनु मेरा लागि सौभाग्य र गौरवको क्षण हो ।’

वात्सल्य एभरेस्ट महिला भलिबल लिगको प्रतिस्पर्धीमध्ये ललितपुर क्विन्स एक हो । उनले टोलीलाई शुभकामना व्यक्त गर्दै उपाधि ललितपुरमा भित्रिने विश्वास जनाइन् ।


प्रकाशित : भाद्र २१, २०८१ ०५:३७
x
×