युनाइटेड गोल्डकप : नमुना युवा क्लब विजयी

भाद्र १७, २०८१

नारायण शर्मा

United Gold Cup: Model Youth Club wins

पूर्वी नवलपरासी — नवलपरासीको गिरुवारीमा जारी यूनाइटेड फुटबल अन्तर्गत सोमबारको खेलमा देवचुलीलाई हराउँदै नमुना युवा क्लब पश्चमटोला विजयी भएको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले बराबरी खेले । टाइब्रेकरमा देवचुलीलाई ४-२ गोलअन्तरले हराउँदै नमुना युवा क्लब पश्चिमटोला विजयी भएको हो । 

मंगलबार भैरव स्पोर्ट्स गोपीगञ्ज र भेडाबारी युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन् । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully