कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

युनाइटेड गोल्डकप : नमुना युवा क्लब विजयी

भाद्र १७, २०८१
युनाइटेड गोल्डकप : नमुना युवा क्लब विजयी

पूर्वी नवलपरासी — नवलपरासीको गिरुवारीमा जारी यूनाइटेड फुटबल अन्तर्गत सोमबारको खेलमा देवचुलीलाई हराउँदै नमुना युवा क्लब पश्चमटोला विजयी भएको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले बराबरी खेले । टाइब्रेकरमा देवचुलीलाई ४-२ गोलअन्तरले हराउँदै नमुना युवा क्लब पश्चिमटोला विजयी भएको हो ।

मंगलबार भैरव स्पोर्ट्स गोपीगञ्ज र भेडाबारी युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित : भाद्र १७, २०८१ २२:१९
x
×