काठमाडौँ — आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ लगातार दोस्रो पाएको छ ।
ज्ञानोदयले पाठशाला बागडोललाई ४६–३० स्कोरले पराजित गर्यो । ज्ञानोदयका सफल याखाले १५ स्कोर जोडे ।
ब्वाइजमै चाँदबागले जेम्सलाई ३३–२२, मल्पीले रुपिजलाई ३७–५ र पुष्पसदनले भीएस निकेतनलाई ४८–३२ ले हरायो । चाँदबागका जेन्सन राईले ९, मल्पीका अश्रय चुकीले ८ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गरे ।
गर्ल्समा चाँदबागले रुपिजलाई १८–१ र मल्पीले पाठशाला बानेश्वरलाई १४–९ ले हराए । चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले १०–१० स्कोर बटुले ।
