कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

साफ यू–२० च्याम्पियनसिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई उपाधि

भाद्र १२, २०८१
साफ यू–२० च्याम्पियनसिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई उपाधि

ललितपुर — मिजारुल इस्लामले दुई गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि बंगलादेशले नेपाललाई बुधबार ४–१ ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशको प्रदर्शन पूर्णतः व्यावसायिक रह्यो र उपाधिका लगि पूर्णत हकदार देखियो । बंगलादेशले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

दक्षिण एसियाली उमेर समूहको मेन्स फुटबलमा बंगलादेशले उपाधि जितेको भने यो तेस्रो पटक हो । दुवै टिम प्रारम्भिक चरणमा एउटै समूहमा थिए र त्यसको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो । तर बंगलादेशले निर्णायक अन्तम खेलमा नेपालमाथि त्यसको बदला लिन सफल रह्यो । प्रतियोगितामा नेपालको यो नै पहिलो हार पनि रह्यो ।

मिराजुलले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रि–किकबाट गोल गरे र यो सुन्दर रह्यो । नीरज कार्कीले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रि–किकको अवसर पाएको थियो । मिराजुलको दोस्रो गोल भने सहज रह्यो । खेलको ५५ औं मिनेटमा असादुल मोल्लाले हेड गर्दै सिर्जना गरेको अवसरमा नजिकको दूरीबाट मिराजुलले गोल गरे ।


प्रतियोगितामा मिराजुलको यो व्यक्तिगत चौथो गोल हो र उनी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि रहे । तेस्रो गोल भने रवि हुसेन राहुलले ७१ औं मिनेटमा गोल गरे । मिराजुलले निकालेको पासमा रवि हुसेनले पेनाल्टी एरियाबाट सटिक प्रहार गर्दै आकर्षक गोल गरे । नेपालले ८१ औं मिनेटमा एक गोल फर्कायो र त्यो समिर तामाङको नाममा रह्यो ।

दोस्रो हाफमा १० मिनेट इन्ज्युरी समय थपिएको थियो र त्यसको पनि छैटौं मिनेटमा मोहम्मद नोभाले बंगलादेशका लागि चौथो गोल गरे । रवि राहुलको पासमा पासमा उनले यो गोल गरे ।


प्रकाशित : भाद्र १२, २०८१ १६:३६
x
×