ललित स्मृति यू–१८ लिगमा  एनआरटीको दोस्रो जित

श्रावण २, २०८१

कान्तिपुर संवाददाता

Second win for NRT in Lalit Smriti U-18 League

काठमाडौँ — एनआरटीले ललित स्मृति एन्फा यू–१८ लिगमा बुधबार लगातार दोस्रो जित निकालेको छ । टोलीले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटार एफसीलाई १–० ले हराएको हो ।

 विजेताका सन्तोष गोङ्बाले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितपछि एनआरटीको २ खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्षमा उक्लेको छ ।

खुमलतारको २ खेलबाट ३ अंक छ । एनआरटीले पहिलो खेलमा चर्च ब्वाइजलाई हराएको थियो । बुधबारै अर्को खेलमा चर्च ब्वाइजले थ्रीस्टारलाई १–० ले हरायो । थ्रीस्टारको लगातार दोस्रो हार हो । चर्च ब्वाइजका अमनबहादुर तामाङले ४५ औं मिनेटमा एकमात्र गोल गरेका हुन् । 

कान्तिपुर

Link copied successfully