कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कोमोरेबीद्वारा पेरिस ओलम्पिक सहभागीलाई पोसाक प्रदान

श्रावण १, २०८१
कोमोरेबीद्वारा पेरिस ओलम्पिक सहभागीलाई पोसाक प्रदान

ललितपुर — पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक प्रदान गरेको छ । 

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोमा आयोजित कार्यक्रममा कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनिएलले अध्यक्ष जीवनराम श्रेष्ठलाई पोसाक उपलब्ध गराएका हुन् । कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौताअनुसार यी पोसाक प्रदान गरिएको हो । कोमोरेबी फ्रान्सेली केक्सटाइल कम्पनी हो । सम्झौताअनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्र्याकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्ट्स ब्याग दिइएको हो ।

त्यस कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यको पनि उपस्थिति रहेको थियो । फ्रान्सको पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिक जुलाई २६ बाट सुरु हुँदैछ । प्रतियोगितामा नेपालका तर्फबाट सात खेलाडीको सहभागिता रहनेछ ।

यसमा ब्याडमिन्टको प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् ।

प्रकाशित : श्रावण १, २०८१ १७:२९
×