कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मेसीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ — लियोनल मेसीको गोलमा अर्जेन्टिना कोपा अमेरिकामा बुधबार क्यानडालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर पनि हुनेछ । फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ ।

मेसीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

विश्व च्याम्पियन अर्जेन्टिनाले पहिलो हाफको २३ औं मिनेट जुलियन अल्भारेजले गोलको खाता खोले । त्यसपछि कप्तान मेसीले ५१ औं मिनेटमा दोस्रो गोल थपे । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । उनले इरानको अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।

प्रकाशित : असार २६, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×