कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

कोशी टिमको बिदाइ

सुनसरी — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि कर्णाली प्रदेशको सुर्खेतमा हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सहभागी कोशी प्रदेशको टिमलाई बिदाइ गरिएको छ ।

कोशी टिमको बिदाइ

गत आइतबार बागमती प्रदेशको चितवनमा सम्पन्न अन्तर प्रदेश राष्टिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता कोशी प्रदेश महिला फुटबल टिमलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरी सुर्खेतको लागि बिदाइ गरिएको हो । झापाकी खुस्मा राईको कप्तानीमा रहेको टिमलाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष शिब न्यौपाने लगायतले जितको शुभकामना सहित बिदाइ गरे ।

चितवनको भरतपुरमा सुदुरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै स्वर्ण बिजेता टिममा तीन खेलाडी परिवर्तन गर्दै सुर्खेत पठाइएको टिम मेनेजर केशव कार्कीले बताए । विभागीय टिमबाहेक ७ प्रदेश टिमले सहभागिता जनाउने राष्ट्रिय लिग छनोटमा कोशी प्रदेशले उद्धघाटनकै दिन हुने दोस्रो खेलमा कर्णाली प्रदेशको सामना गर्नेछ ।

त्यसअघि सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ । कोशी टिमले बैशाख १० मा सुदुरपश्चिम, बैशाख १४ मा लुम्बिनी, १६ गते मधेश र १९ गते बागमती प्रदेशसंग प्रतिष्पर्धा गर्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्टिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : वैशाख ५, २०८१ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?