यू-१९ क्रिकेट टोली स्वदेश फिर्ता

माघ २२, २०८०

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा भाग लिएर नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुरुका दुई खेलमा भने नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो । सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

यू-१९ विश्वकप क्रिकेट

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully