कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेफ–ऋत कप फुटबल अर्को साता

काठमाडौँ — उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यू–१६ छात्र फुटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।

नेफ–ऋत कप फुटबल अर्को साता

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बिहीबार पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाईमा हुने डाना कप यू–१६ फुटबल प्रतियोगितामा सहभागी गराइने नेफका सचिव टंककुमार चापागाईंले बताए । प्रतियोगिताको मुख्य प्रायोजक रहेको ऋत एकेडेमीले ३० उत्कृष्ट खेलाडीलाई प्लस टु अध्ययन गर्न जनही ६० हजारबराबरको छात्रवृत्ति प्रदान गर्ने संयोजक खेमनाथ पौडेलले बताए ।

पुस १४ सम्म चल्ने प्रतियोगिताका खेल चावहिल गणेशस्थान मैदानमा खेलाइने छ । प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, एनप्याब्सन वाग्मतीका उपाध्यक्ष डिएन महतो र नेफका सदस्य सुगन्धराज रेग्मीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए ।

प्रकाशित : पुस ५, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?