कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि फ्रान्सका ब्रोनले जिते 

केदार शिवाकोटी

दोलखा — अन्तर्राष्ट्रिय माउन्टेन बाइक डाउन हिल मास टयाट प्रतियोगिताको उपाधि फ्रान्सका प्रख्यात साइकिलिस्ट केलियन ब्रोनले जितेका छन् । 

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि फ्रान्सका ब्रोनले जिते 

मंगलबार दोलखा ३८ सय ४१ मिटर उचाई कालिञ्चोकदेखि ८ सय ६० मिटर उचाईको नागदहसम्मको २६ किलोमिटर डाउन हिल एलिट क्याटगरीको उपाधि केलियनले ५१ दशमलब ०६ मिनेटमा पारे गरेर उपाधि जितेका हुन् । उपाधिसँगै उनले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे ।

सोही दूरी नेपालका राजेश मगरले ५३ दशमल ४१ मिनेटमा पार गरेर उपविजेता बने । उनले एक हजार अमेरिकी डलर प्राप्त गरे । यस्तै बेलायतका क्रिस्टोफर केलिगले ५४ दशमलव २१ मिनेटमा दूरी पार गरेर तेस्रो स्थान रहे । उनले अमेरिकी ८ सय डलर प्राप्त गरे ।

पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजना भएको प्रतियोगितामा एलिट विधामा नेपालसहित १७ देशका ९० साइकिलिस्टहरुको सहभागिता रहेको थियो ।

खुला तर्फको उपाधि नेपालका अरुण कार्कीले जिते । उनले ६ सय अमेरिकी डलर प्राप्त गरे । उपविजेता बनेका नेपालकै निकल थिङले ५ सय ५० र तेस्रो बनेका दिनेश महर्जनले ३ सय ५० अमेरिकी डलर पाए । जुनियर तर्फको उपाधि पनि नेपालकै अनिश तामाङले जिते । प्रतियोगिताको महिला लक्ष्मी मगर बनिन् ।

हिमालयन ईनिग्मा नाम दिइएको प्रतियोगिता एसियामा नै पहिलोपटक मास टयाट रेसका रुपमा संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा निकै कठिन पहाडमा र जंगल छिचोल्दै साइकल दौडाउनु पर्दा केही राइडर घाइते भएका छन् । मंगलबार परीक्षणका क्रममा गम्भीर घाइते भएका एक जना साइकिलिस्टलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ ।

प्रकाशित : मंसिर १३, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×