कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

ओली कप टी–२० क्रिकेटको तयारी पूरा

पोखरा — पोखरामा मंसिर ७ देखि हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

ओली कप टी–२० क्रिकेटको तयारी पूरा

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मंसिर १५ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहने छ ।

समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव सुवर्ण श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले प्रतियोगिता सफल बनाउन आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर ५, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?