कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य

एजेन्सी

कोलकाता — डेबिड मिलरको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टिम लगातार दबाबमा रहेको स्थितिमा उनले १ सय १ रन बनाएर टिमलाई सम्मानजक स्थितिमा पुर्‍याए । दक्षिण अफ्रिकाले ४९. ४ ओभर टिकेर सबै विकेट गुमाउँदै २ सय १२ रन बनायो ।  

विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य

छैटौं क्रममा ब्याटिङका लागि क्रिजमा आएका मिलरले १ सय १६ बलको सामना गरेर आठ चौका तथा पाँच छक्का प्रहार गरे । उनी प्याट कमिन्सको बलमा ट्रेभिस हेडद्वारा समातिए । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन् र २४ रन बनाउँदासम्म उसले चार विकेट गुमाइसकेको थियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजलउडले सुरुआती दुई दुई विकेट लिएका थिए । त्यही स्थितिमा मिलरले हेनरिक क्लासनसँग मिलेर पाँचौं विकेटका लागि ९५ रनको साझेदारी गरे । क्लासन ट्रेभिस हेडको बलमा क्लिन बोल्ड भए । उनले ४७ रन बनाए । त्यो चार चौका तथा दुई छक्काको मद्दतले ४८ बलमा बनाइएको स्कोर थियो ।

उनीहरूलाई छाडेर अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् । अस्ट्रेलियाली बलरमध्ये स्टार्कले ३४ रनमा तीन विकेट लिए भने हेजलउडले १२ रन मात्र खर्चेर दुई विकेटमा सीमित रहे । प्याट कमिन्सको नाममा पनि तीन विकेट रह्यो । यस्तै हेडले पनि दुई विकेट हात पारे । यस खेलको विजेताले आइतबार हुने फाइनलमा भारतको सामना गर्नेछ ।

प्रकाशित : कार्तिक ३०, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?