कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रथम अन्तर्राष्ट्रिय किरात गोल्डकप पाँचथरमा 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम वाईवाई अन्तर्राष्ट्रिय किरात आमन्त्रण गोल्डकप आयोजना हुने भएको छ ।

प्रथम अन्तर्राष्ट्रिय किरात गोल्डकप पाँचथरमा 

पाँचथर फुटबल क्लबले मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप गर्न तयारी थालेको आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो । प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त ८ वटा टिमले भाग लिनेछन् ।

प्रतियोगिता विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाँचथर फुटaल क्लaका अध्यक्ष अनुराग मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न पाँचथर फुटबल क्लबले अखिल नेपाल फुटबल संघसहित विभिन्न निकायबाट अनुमति लिइसकेको छ । खेल सञ्चालन गर्न ५१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

वाईवाई तयारी चाउचाउ प्रमुख प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय तहसँगै सरकारी र गैर सरकारी संस्थाले सहयोग गर्ने पनि अध्यक्ष मगरले बताए ।

प्रकाशित : कार्तिक २६, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?