२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विश्वकीर्तिमानी ऐरी नेपाल प्रहरीमा विशेष बढुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीले क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा गरेको छ । हालै एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्वकीर्तिमानी कायम राखेकाले सम्मानस्वरूप ऐरीको विशेष बढुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले इकान्तिपुरलाई जानकारी दिए ।

विश्वकीर्तिमानी ऐरी नेपाल प्रहरीमा विशेष बढुवा

डीआईजी कडायतका अनुसार ऐरीलाई नेपाल प्रहरीको नीति निर्माण समन्वय समिति(पीसीसी) को सिफारिसका आधारमा प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको हो ।

गत असोज १० गते मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमै अर्धशतक बनाएका थिए। यो यस्तो कीर्तिमान हो, जुन अब कहिले भंग हुने छैन, बराबरमात्र हुन सक्नेछ । अर्धशतक बनाउन कम्तीमा ९ बल खेल्नैपर्ने हुनाले दीपेन्द्रको कीर्तिमान अजय बन्नेछ ।

दीपेन्द्रले युवराज सिंहले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमान उछिन्ने क्रममा लगातार ६ छक्का पनि प्रहार गरेका थिए । दीपेन्द्र १० बलमा ५२ रन बनाएका थिए । मंगोलियाविरुद्धको खेलमा नेपाली टिमले ५ वटा विश्वकीर्तिमान कायम राखेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका खेलाडीहरू ऐरीसहित कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा नेपाल प्रहरीमा आबद्ध छन् ।

प्रकाशित : आश्विन १८, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?