काठमाडौँ — रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय प्रतियोगितामा पदक जितेका कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुक्मणि अधिकारीको उपस्थितिमा प्रदान गरे । रोसाले द्वारा यही शुक्रबारैदेखि लागू हुने गरी दुई वर्षसम्म विभिन्न अन्तरार्ष्ट्रिय प्रतियोगितामा आर्यनले सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्नुका साथै नगद पुरस्कार प्रदान गर्नेछ ।
प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे । प्रिन्सिपल अधिकारीले आर्यनलाई कराते खेलको पोसाक र खेल सामग्री हस्तान्तरण गरे ।
