कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेक्वान्दो खेलाडी बाकुतिर

काठमाडौँ — अजरवैजानको बाकु सहरमा हुने बाकु २०२३ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो खेलाडीले भाग लिने भएका छन् ।

तेक्वान्दो खेलाडी बाकुतिर

यही जेठ १५ देखि २१ सम्म हुने प्रतियोगिताका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडी पुरुषतर्फ वीरबहादुर महरा (६८ केजीमुनि), नीरज देउवा (८७ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि) र सुमित विष्ट (५४ केजीमुनि) तथा महिलातर्फ इन्दिरा बस्नेत ( ६७ केजीमुनि), आयशा लामा (५३ केजीमुनि) काजल श्रेष्ठ (४९ केजीमुनि) र युनिशा राई (४६ केजीमुनि) ले भाग लिने छन् ।

प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल छन् । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी तथा प्रशिक्षकलाई बुधबार आफ्नै कार्यकक्षबाट बिदाइ गरेका थिए ।

प्रकाशित : जेष्ठ १०, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?