कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यू-२० वुमेन्स साफ च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

काठमाडौँ — बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।

यू-२० वुमेन्स साफ च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

यससँगै नेपाल प्रतियोगिताको उपविजेतामै सीमित रह्यो । बंगलादेशले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो । घरेलु टिमका लागि अक्तर रिपा र सामसुनाहर जुनियरले १/१ गोल गरे ।

दोस्रो हाफमा सब्टिच्युट खेलाडी उन्नति खातुनले तेस्रो गोल थपिन् र बंगलादेशको जित निश्चित गरे । लिग चरणमा पनि नेपाल बंगलादेशकै हातबाट पराजित रहेको थियो । लिग चरणमा बंगलादेश अपराजित एक मात्र टिम रहेको थियो । बंगलादेशले वुमेन्स साफ च्याम्पियनसपको उपाधि जित्ने क्रममा फाइनलमा नेपाललाई नै पराजित गरेको थियो । यू–२० को उपाधि पनि जितेर बंगलादेशले दक्षिण एसियाली महिला फुटबलमा आफूलाई शक्तिको रूपमा प्रमाणित गरेको छ ।

प्रकाशित : माघ २६, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?