कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

काठमाडौँ — विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप–२०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको  छ ।

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

साउथ एसियन रिजनल च्याम्पियन्सिप मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे । सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरुका लागि खान, बस्नका लागि करिब ३ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ ।

अध्यक्ष चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थल नजिक भएकोले नेपाली घरलाई चयन गरेको बताए । नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफा-नोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताए ।

प्रकाशित : मंसिर १४, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?