ग्रेट हिमालय ट्रेलमा लामाले साइक्लिङ

काठमाडौँ — नुवाकोटका मंगलकृष्ण लामाले हिमाली क्षेत्रको ट्रेकिङ रुट ग्रेट हिमालय ट्रेल साइकल चलाएर वारपार गर्ने महत्त्वाकांक्षी योजना घोषणा गरेका छन् ।

ग्रेट हिमालय ट्रेलमा लामाले साइक्लिङ

बुधबार पत्रकार सम्मेलन गरी लामाले पूर्वको कञ्चनजंगा आधारसिविरदेखि पश्चिममा हुम्लाको हिल्सासम्म करिब १ हजार ६ सय किलोमिटर रुटमा साइक्लिङ गर्ने घोषणा गरेका हुन् ।

‘यो एउटा महत्त्वाकांक्षी योजना हो । ग्रेट हिमालय ट्रेलमा अहिलेसम्म हिँडेर वा दौडिएर वारपार भएको छ, पहिलोपल्ट मैले साइक्लिङ गर्ने लक्ष्य लिएको छु,’ माउन्टेन बाइक गाइड लामाले भने, ‘खासमा हो ट्रेकिङ रुट हो । यसमा साइक्लिङ गर्नु सजिलो काम होइन ।’

लामाका लागि यो कार्यक्रमको संयोजन इयाक प्रालि नामक कम्पनीले गरेको छ । सात जनाको कार्यसम्पादन समिति बनाएर खर्च व्यवस्थापनदेखि साइक्लिङका क्रममा आवश्यक सबै स्रोत व्यवस्थापनको काम भइरहेको छ । लामाले अप्रिल १ मा कञ्चनजंगाको आधारसिविरबाट आफ्नो साइक्लिङ यात्रा सुरु गर्नेछन् । हिल्सासम्म पुग्न उनलाई ७० दिन लाग्ने अनुमान गरिएको छ । यसक्रममा उनले ६ हजार १३५ मिटर उचाइसम्मको क्षेत्रमा साइक्लिङ गर्नेछन् ।

प्रकाशित : पुस २१, २०७८ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?