२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

पलेशा र लामा सम्मानित

काठमाडौँ — पारा ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरेर फर्किएकी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नपाल तेक्वान्दो संघले मंगलबार सम्मान गरेको छ । संघले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको समापनको अवसरमा पलेशालाई ५० हजार तथा लामालाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो । 

पलेशा र लामा सम्मानित

टोकियोमा भएको पारा ओलम्पिकमा पलेशाले पहिलो खेलमै हारेपनि त्यसपछि ‘रिपेचेज’ मा दुई खेल जितेकी थिइन् । कांस्य पदकको लागि निर्णायक फाइटमा भने उनी चिनियाँ खेलाडीविरुद्ध चुकेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् । अन्तर्राष्ट्रिय लेवल २ पारा प्रशिक्षक लामाले पलेशालाई ओलम्पिकको लागि तयार पारेका थिए ।

प्रकाशित : भाद्र २२, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?