१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थ्री नेसन्स कपका विजेता पुरस्कृत

काठमाडौँ — थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

थ्री नेसन्स कपका विजेता पुरस्कृत

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् । जसमा २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।

गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरिएको हो ।

यस्तै, प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो ।

फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

प्रकाशित : असार २७, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?