नेपाल सुपर लिग शनिबारदेखि, के भन्छन् प्रशिक्षक र कप्तान ?

वैशाख १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सुपर लिग शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा काठमाडौंं रेजर्स र ललितपुर सिटी भिड्दैछन् । प्रतियोगिता कुल सात दिनको सहभागिता छ । सुरुमा लिग चरणको खेलपछि इलिमिनेटरका खेल हुनेछन् ।

प्रतियोगिता अगाडि आयोजित पत्रकार सम्मेलनमा सबै टिमका प्रशिक्षक र कप्तानले आफ्नो तयारी र सम्भावनाबारे बोले । उनीहरूले के के भने त ?

धनगढी एफसी

‘तयारीका लागि समय कम पाएका छौं । तर तयारी ठीकै भएको छ । हामी चुनौतीका लागि तयार छौं ।’

‘टिम राम्रो प्रदर्शनका लागि आत्मप्रेरित रहेको छ । हाम्रो टिमले राम्रो प्रदर्शनका लागि कडा मिहिनेत गर्नेछ ।’

विराटनगर सिटी एफसी

‘नेपाली फुटबलका लागि सुखद अवसर रहेको छ, फ्रान्चाइज फुटबल हुनु । यो सबैका लागि अवसर हो । फेरि अहिलेको स्थितिमा प्रतियोगिता खेल्नु सबैका लागि फरक अनुभव हुनेछ ।’

‘हामी प्रतियोगिता जित्न आएका हौं, त्यसै अनुसार खेल्नेछौं ।’

बुटवल लुम्बिनी एफसी

‘टिम शतप्रतिशत फिट छ । हामी राम्रो प्रदर्शनको अपेक्षा गर्छौं ।’

‘हामीले तयारी राम्रो गरेका छौं । त्यसैले राम्रो प्रदर्शन गर्न सक्षम हुनेछौं ।’

एफसी चितवन

‘सबैले तयारीका लागि पर्याप्त समय पाएको छैन् । हामीले जति समयको तयारी पाएको छौं । त्यसको आधारमा हामी उपाधिका दाबेदार रहेको दाबी गर्न चाहन्छौं ।’

‘हाम्रो तयारी राम्रो छ । त्यसैले हामीले राम्रो प्रदर्शन गर्न सक्षम हुनेछौं । हाम्रो लक्ष्य च्याम्पियन हुने नै हो ।’

काठमाडौं रेजर्स

‘तयारीका लागि समय पुगेन । जति समय रह्यो, त्यसमा सक्दो प्रयास गरेका छौं । राम्रो नतिजाको आश गर्न सक्छौं ।’

‘हाम्रो लागि यो प्रतियोगिता ठूलो अवसर हो ।  यो ठूलो प्लेटफर्म हो । त्यसैले हामी राम्रो खेल्न तयार छौं ।’

ललितपर एफसी

‘फेरि नेपाली फुटबलमा फर्कन पाएकोमा म खुसी छु । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छुँ । त्यसैले अपेक्षा धेरै छ ।’

‘हामी भोलि नै पहिलो खेलमा खेल्दैछौं र यसका लागि सबै खेलाडी तयार छन् ।’

पोखरा थन्डर्स

‘हामीले पोखरामा दुई साता जतिको प्रशिक्षण राखेका छौं र त्यसमा हामीले गरेको तयारीमा खुसी छौं ।’

‘टिमको तयारी राम्रो छ । त्यसैले खेलाडी खेलाडीबीच राम्रो माहोल तयार भएको छ ।’

कान्तिपुर

Link copied successfully