कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डच फुटबल स्थगित हुने

एजेन्सी

एम्स्ट्रडम — डच फुटबल संघ (केएनभीबी) ले मंगलबार यो सिजनको सबै फुटबल स्थगित गर्ने जनाएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) सँग छलफलपछि अन्तिम निर्णय हुनेछ ।

डच फुटबल स्थगित हुने

नेदरल्यान्ड्स सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण सेप्टेम्बरसम्म सबै प्रकारको ठूला भेलामा प्रतिबन्ध लगाएपछि त्यहाँको फुटबल संघले यो निर्णय गरेको हो ।

केएनभीबीले भनेको छ, ‘हामीले सन् २०१९/२० को सिजन पूरा नगर्ने निर्णय गरेका छौं । यूईएफएसँग छलफलपछि अन्तिम निर्णय हुनेछ ।’ यसै विषयमा शुक्रबार क्लबबीच छलफल हुनेछ ।

दर्शकविहीन बन्द रंगशालामा फुटबल गर्दा पनि त्यसलाई ठूलो भेला मानिने हुनाले डच फुटबल संघले यो विकल्पलाई स्विकार्न मानेन । संघले भनेको छ, ‘सेप्टेम्बर १ सम्म सबै प्रकारको फुटबल स्थगित गरिएको छ ।’

मार्च १२ यता नेदरल्यान्ड्समा सबै खाले फुटबल भएको छैन् । डच माथिल्लो डिभिजनमा आयाक्स शीर्ष स्थानमा रहेको छ । यसअघि यूईएफएले पनि विशेष परिस्थितिमा केही युरोपेली देशले फुटबल सिजन स्थगित गर्न सक्ने जनाएको थियो ।

प्रकाशित : वैशाख १०, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?