साइकल यात्रीको झोलामा भेटियो स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँ

माघ ४, २०८१

मनोज पौडेल

15 lakh 70 thousand rupees found in the bag of a cyclist

कपिलवस्तु — भैरहवा-तौलिहवा सडक खण्डस्थित मायादेवी गाउँपालिका-६ डुमरा चोक नजिकैबाट बिहीबार साँझ साइकल यात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७ हरनामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई पश्चिमबाट डुमरा चोक आउँदै गर्दा नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

झोलाबाट प्रहरीले एक हजारका ८९० वटा, पाँच सयका एक हजार ३२० वटा, सयका १८० वटा र पचासका ४० वटा नोट रहेको प्रहरीले जनाएको छ ।

मिश्राले चलाएर आइरहेको साइकलमा झुण्डयाएको कालो झोलामा लुकाएर राखेको अवस्थामा रकम बरामद गरिएको थियो । पक्राउ परेका मिश्रा प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मनोज

Link copied successfully