मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

माधव ढुङ्गाना

रुपन्देही — मर्चवारी गाउँपालिकाको अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।

बरईले ४ हजार ३८५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रसाद मिश्रले ३ हजार २४५ मत ल्याए । उपाध्यक्षमा निर्वाचित जनता प्रगतिशील पार्टी नेपालकै आशा सिंहले २ हजार ९६५ मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुमन यादवले २ हजार ४०९ मत पाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीको सम्मरीमाईमा कांग्रेसका श्रीवास्तव र सिंह निर्वाचित

माधव ढुुंगाना

रुपन्देही — सम्मरीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका बिनोद कुमार श्रीवास्तव र कुमारी प्रियन्का शाही सिंह निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित विनोदले ४ हजार १३४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५०२ मत पाए । 

उपाध्यक्षमा निर्वाचित शाहीले ४ हजार ४ मत पाइन् भने उनकी निकततम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रकी दुर्गावती केवटले २ हजार ८१४ मत पाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×