कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेपालगन्जको राजस्व कार्यालय नै आइसोलेसन सेन्टर

रुपा गहतराज

नेपालगन्ज — आन्तरिक राजस्व कार्यालयका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

नेपालगन्जको राजस्व कार्यालय नै आइसोलेसन सेन्टर

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोना देखिएका निजामति कर्मचारीलाई राख्नका लागि आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोगमा ल्याइएको बताए । उनका अनुसार अहिले सो आइसोलेसनमा १२ जनालाई राखिएको छ ।

आन्तरिक राजस्वका अधिकृतहरुसहित त्यहीँ बस्ने १२ जनामा कोरोना देखिएको छ । कार्यालय बन्द रहेकाले त्यहाँका कर्मचारीहरुलाई त्यहीँ राखिएको हो ।

आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेका छन् ।

बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

यसअघि बन्द गरिएको आइसोलेसन सेन्टर पुनः सञ्चालन उनीहरुलाई राखिएको छ । लायन्स डेन्टल अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ । आदर्शनगर र खजुराको आइसोलेसन सेन्टर सञ्चालनमै रहेका छन् । बाँकेमा आइसोलेसनमा रहेका संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?