कास्कीमा कार्त्तिक महिनाभर ४८ फरार प्रतिवादी पक्राउ

मंसिर २, २०८१

प्रतीक्षा काफ्ले

48 fugitive accused arrested in Kaski during the month of Kartik

कास्की — जिल्ला अदालत कास्कीले विभिन्न मुद्दामा फैसला सुनाएपछि फरार रहेका ४८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कार्तिक महिनाभर विभिन्न मुद्दामा दोषी ठहर भइ फरार ४८ जनालाई पक्राउ गरेर अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुलाई तोकिएको कैद सजाय भुक्तानीको लागि जिल्ला अदालतमा हाजिर गराई कारागार चलान गरिएको छ । उनका अनुसार ३६ पुरुष र १२ जना महिला छन् ।

उनीहरुबाट १ वर्ष ६ महिना ६ दिन कैद सजाय भुक्तान हुन्छ भने एक करोड दुई लाख एक हजार पाँच सय रुपैया जरिवाना असुल हुने प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै चेक अनादार मुद्दामा ३५ जना प्रतिवादी रहेका छन् । यसैगरी, लागुऔषध मुद्दामा ५, अभद्र व्यवहार मुद्दामा १, आपराधिक उपद्रव मुद्दामा १, सार्वजानिक सम्पतिको नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा १, बैंकिङ कसुर मुद्दामा ४ र लेनदेन मुद्दामा एक जना रहेका छन् । 

प्रतीक्षा

Link copied successfully