कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक २९, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?