युनाइटेड हात्ती सहकारीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुखको उपस्थितिमा विविध परिकारसहितको वनभोज कार्यक्रमको आयोजना गरेको हो।
चितवन — हात्तीका लागि २० थरी खान्की । १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलबार बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा आयोजित हात्ती वनभोजका परिकार हुन् यी ।
टेबलमा मिलाएर अगाडि राखेका यी मेवा मिष्ठान्न हात्तीले निकै रूचाएर खाए । सौराहा हात्ती सफारीका लागि नेपाल मै ख्याति कमाएको ठाउँ हो । सौराह आडको बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्ने पर्यटकको भिड लाग्छ ।
सोही ठाउँमा आयोजित वनभोजमा ६० वटा हात्तीको जमघट थियो ।युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडले राखेको उक्त वनभोजमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तको उपस्थिति थियो ।
