बाढी-पहिरो

नहरमा डुबेर चितवनमा दुईको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नहरमा डुबेर बुधबार चितवनमा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्य थापाले जानकारी दिए ।

क्षेत्रपुरको खुला चौरमा क्रिकेट खेलेपछि दिउँसो चार बजेतिर उनीहरु नहरमा हात खुट्टा धुन गएका थिए । त्यो बेला विवेक चिप्लिएर नहरमा खसेका थिए । विवेक चिप्लिएपछि अंकित उनलाई बचाउन नहरमा हाम फालेका थिए ।

पौडिन नसकेका उनीहरुलाई बगेको ठाउँभन्दा करिब दुई सय मिटर परबाट प्रहरीले उद्धार गरेको थियो ।

अस्पताल पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको डीएसपी थापाले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा डुबेर तीन युवाको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७८ १९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×