नहरमा डुबेर चितवनमा दुईको मृत्यु

श्रावण ६, २०७८

रमेशकुमार पौडेल

चितवन — नहरमा डुबेर बुधबार चितवनमा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्य थापाले जानकारी दिए ।

क्षेत्रपुरको खुला चौरमा क्रिकेट खेलेपछि दिउँसो चार बजेतिर उनीहरु नहरमा हात खुट्टा धुन गएका थिए । त्यो बेला विवेक चिप्लिएर नहरमा खसेका थिए । विवेक चिप्लिएपछि अंकित उनलाई बचाउन नहरमा हाम फालेका थिए ।

पौडिन नसकेका उनीहरुलाई बगेको ठाउँभन्दा करिब दुई सय मिटर परबाट प्रहरीले उद्धार गरेको थियो ।

अस्पताल पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको डीएसपी थापाले बताए ।

बाढी-पहिरो

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully