कोरोनाबाट नुवाकोटमा थप ३ जनाको मृत्यु

जेष्ठ २३, २०७८

कृष्ण थापा

नुवाकोट — कोरोनाबाट आइतबार ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

दुप्चेश्वरगाउँपालिका–२ की ३६ वर्षीया एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यसैगरी विदुरनगरपालिका–४ की ३२ वर्षीया महिला र ककनी गाउँपालिका–४ का ६० वर्षीय पुरुषको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 

नुवाकोटमा अहिले ९ सय ४० जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस

कृष्ण

Link copied successfully