कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोनाबाट नुवाकोटमा थप ३ जनाको मृत्यु

कृष्ण थापा

नुवाकोट — कोरोनाबाट आइतबार ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

कोरोनाबाट नुवाकोटमा थप ३ जनाको मृत्यु

दुप्चेश्वरगाउँपालिका–२ की ३६ वर्षीया एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यसैगरी विदुरनगरपालिका–४ की ३२ वर्षीया महिला र ककनी गाउँपालिका–४ का ६० वर्षीय पुरुषको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा अहिले ९ सय ४० जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : जेष्ठ २३, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?