कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मन्त्री यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने

श्यामसुन्दर शशि

जनकपुर — नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मन्त्री यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने

मधेस भवनस्थित मन्त्री निवासमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई प्रदेशमा पहिलो पार्टी बनाउने लक्ष्यलिएर नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी दिन लागेको बताए । ‘आठ जिल्ला भएको प्रदेश २ मधेसको बलियो जनाधार भएको भूगोल हो । संगठनलाई बलियो तथा क्रियाशिल बनाएर तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य लिएर उम्मेदवारी दिँदैछु ।’

५० वर्षीय राजनीतिक जीवनमा पटक पटकगरी झण्डै ६ वर्ष जेल जीवन बिताएका यादव नेपाली कांग्रेस धनुषाको सचिव, १४ वर्षसम्म कांग्रेसको जिल्ला सभापति, जिल्ला विकास समिति धनुषाको सभापति, संविधानसभा सदस्य तथा हाल धनुषा ३ ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।

‘१४ वर्षीय कांग्रेस सभापतिको कार्यकालमा मैले संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेँ । प्रदेश सभापति हुँदापनि संगठन विस्तार तथा सशक्तिकरण मेरो पहिलो प्राथमिकता रहनेछ, ’ यादवले भने ।

प्रकाशित : मंसिर ६, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?