ओलाङचुङगोलाका बस्तीमै आइपुग्छन् रेडपाण्डा

कार्तिक २५, २०८१

आनन्द गौतम

Redpanda arrives in the settlement of Olangchungola

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका टाँसी शेर्पाले खिचेको रेडपाण्डाको तस्बिर र भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् ।

ओलाङचुङगोलाको बस्ती र याङ्मा जाने बाटोमा खिचेको तस्बिरमा उनले ‘किन लुकेको यता हेरन’ भन्दा रेडपाण्डाले अनुहार फर्काएर पोज दिएको छ ।

‘उहाँले खिच्दापनि नजिकै थियो रे,’ टाँसीले खिचेको भिडियो सार्वजनिक गरेका तेञ्जीङ शेर्पाले भने, ‘यतातिर बस्तीनजिकै  रेडपाण्डा देख्न मज्जाले पाइन्छ ।’ 

यो कञ्चजनंघा संरक्षण क्षेत्रमा पर्दछ । संरक्षणको कार्यक्रम अन्त भएपनि पर्यटकले हेर्ने देख्नेगरिको रेडपाण्डा ओलाङचुङगोला क्षेत्रमा रहेको तेञ्जीङ बताउँछन् । मानिसबाट कुनै जोखिम नरहेकाले मान्छे हिँडडुल गर्दा नजिकसम्म आउने गरेको उनले बताए । 

रेडपाण्डा नेटवर्कले फुङलिङ नगरपालिका लगायतको क्षेत्रमा संरक्षण सम्बन्धी कार्यक्रम गर्दै आएको छ । ताप्लेजुङ, पाँचथर, इलामलाई रेडपाण्डाको राम्रो बासस्थान रहेको जिल्लामा सुचीकृत गरिएको छ ।

तीन जिल्लामा तीन सयको हाराहारीमा रहेको अनुमान गरिएपनि यतिकै संख्यामा छ भन्ने यकिन नभएको संरक्षणकर्मी बताउँछन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully