कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुलका प्रअ नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा माध्यामिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

स्कुलका प्रअ नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित

शनिबार साँझ सम्पन्न मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप)लाई ३२ मत अन्तरले हराउँदै जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं ४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ पाँचथर प्रदेश क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्य समितिमा पनि कांग्रेसको क्षेत्रीय सभापति थिए ।

क्षेत्रीय कार्य समितिका पदाधिकारीसहित कार्य समिति सदस्य र प्रदेश प्रतिनिधिमा अरु शिक्षकहरूको पनि उम्मेद्वारी दर्ता भएको छ । शिक्षक सेवा ऐन अनुसार सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षकलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने कानुनी प्रावधान छ ।

कांग्रेस अधिवेशनमा शिक्षक र कर्मचारी पनि विजयी

प्रकाशित : मंसिर ४, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?