कांग्रेस अधिवेशनमा शिक्षक र कर्मचारी पनि विजयी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशनमा शिक्षक र कर्मचारी पनि विजयी

डम्बरसिं राई

खोटाङ — नेपाली कांग्रेसको जारी अधिवेशनमा शिक्षकदेखि कर्मचारीसम्म प्रतिष्पर्धामा भाग लिएर विजयी भएका छन् । कम्तीमा ६ जना शिक्षक तथा कर्मचारी क्षेत्रीय तथा जिल्ला अधिवेशनका लागि सहभागी हुन क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित स्वास्थ्य चौकीकी अनमी चन्द्रमायाँ राई महिलातर्फको खुला क्षेत्रीय प्रतिनिधिमा विजयी भएकी छन् । सप्तेश्वर छितापोखरीकै मान्दतास्थित जंगदेव प्राविका प्रअ रविनारायण श्रेष्ठ आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधि तथा सप्तेश्वर छितापोखरीस्थित डाडाँखर्कस्थित सरस्वती माविका प्रअ सुमन खड्का पनि खुलातर्फको क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित पञ्चकौशिका माविका प्रअ पवनकुमार बस्नेत, उक्त विद्यालयकै शिक्षक बलराम बस्नेत, बतासेकै भण्डारीडाडाँस्थित जनता माविका प्रअ पवन राई, दिप्रुङ चुइचम्मा गाउँपालिका–३ छोरम्बुस्थित चण्डी निकेतन प्राविका प्रअ मणिकुमार राई पनि क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै छोरम्बुकै शान्ति माविका शिक्षिका डोलकुमारी बस्नेत क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । तीमध्ये पवनकुमार बस्नेत भने शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार बने पनि पराजित भए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित धिप्लुङ माविका शिक्षक रमेशकुमार खड्का, भोजपुरमा शिक्षण गर्ने जर्ण चाम्लिङ लगायत शिक्षक क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका जालपा मावि नुनथलाका शिक्षक मणिराज राई पनि क्षेत्रीय प्रतिनिधि विजयी भएका छन्।

शिक्षक सेवा ऐन तथा निजामति सेवा ऐनले सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने कानुनी व्यवस्था गरेको छ । तर खोटाङस्थित ठूलो संख्यामा शिक्षक तथा कर्मचारीहरू विभिन्न राजनीतिक दलमा आवद्ध छन् ।

यसपटक कांग्रेसको अधिवेशनमा उनीहरूमध्ये केही शिक्षक र कर्मचारीहरू सार्वजनिक रुपमा प्रतिष्पर्धामै उत्रिए । राजनीतिक अधिकार भएकाले आफूहरू पार्टीमा संलग्न भएको सप्तेश्वर छितापोखरी डाडाँखर्कस्थित सरस्वती माविका शिक्षक सुमन खड्काको जिकिर छ । ‘मान्छे पनि थिएनन्, यसो एक भोटका लागि प्रतिनिधि भएको हो’ खड्काले भने ।

प्रकाशित : मंसिर ४, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

मौसममा क्रमिक सुधार

रासस

काठमाडौँ — अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महसुस गरिएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । यही मंसिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो ।

महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । वाग्मती, गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : मंसिर ४, २०७८ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×