मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक 'बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव' विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
What you should know
काठमाडौं — कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक कांग्रेस र मुलुकका लागि अध्यारो र काला दिन भएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक 'बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव' विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए ।
उनले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए ।उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आईपुगेको पनि बताए ।उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको बताए । उनले पार्टीको सिद्धान्त र नागरिकका अपेक्षअनुसार कांग्रेसलाई पुन: लोकप्रिय पार्टी बनाउने कुरामा सबै कटिवद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष कांग्रेसको जीवनमा र राष्ट्रिय जीवनमा अध्यारो वर्षहरू भए ।ती काला दिनहरु भए ।जसभित्र केवल सत्ता, सत्ता, सत्ता... । शक्ति, शक्ति, शक्ति...। त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो ।म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि 8 वर्ष झ्यालखाना बस्नु परे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो । तपाईं पनि त्यही हो । हामी सबै त्यही हो ।’ उनले कांग्रेसले मुलुकलाई समृद्ध नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने बताए ।
