उनले जेन–जी आन्दोलनका क्रममा घाइतेको उपचारदेखि त्रिपुरेश्वरमा आत्मदाह गरेका व्यक्तिको विषय विषयान्तर गरेको विषयसम्म संसद्मा उठाएकी छिन् ।
काठमाडौँ — राप्रपा सांसद खुश्बु ओलीले जेन–जी आन्दोलनका क्रममा घाइतेको उपचारदेखि त्रिपुरेश्वरमा आत्मदाह गरेका व्यक्तिको विषय विषयान्तर गरेको विषयसम्म संसद्मा उठाएकी छिन् ।
प्रतिनिधिसभामा बोल्दै उनले जेन–जी आन्दोलनका घाइते दौलत थापाको उपचारप्रति सरकार किन उदासीन भएको भन्दै प्रश्न गरेकी छिन् । उनले घाइतेलाई अस्पतालमै पुगेर भेटेको तर उनीहरूको उपचारको प्रबन्ध र अन्य सहयोगको विषयमा सरकार उदासीन रहेको बताउँदै यो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले अन्तिममा सरकारलाई व्यङ्ग्य कस्दै ‘बधाई’ भन्दै भनिन्, ‘फेरि पनि पहिलेझैँ जलनको पीडालाई विषयान्तर गर्नुभयो गाडी आतंकले । त्यसकारण तपाईंहरूलाई धन्यवाद र बधाई ।’
