सञ्चारगृहका गेटअघि गाडी रोक्ने घटनामा छानबिन हुनुपर्छ : रवि लामिछाने

उनले भने, 'तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत भनेको छ । पार्टी यसमा अडिग छ ।'

असार ३०, २०८३

कान्तिपुर संवाददाता

An investigation should be conducted into the incident of stopping vehicles in front of the gate of the media house: Rabi Lamichhane

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले सञ्चारगृहका गेटअघि गाडी रोक्ने विषयमा छानबिन र अनुसन्धान हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, 'तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत भनेको छ । पार्टी यसमा अडिग छ ।'

उनले रास्वपाले आफ्ना सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको पृष्ठभूमि बताउँदै भने, 'किन कारबाही नहुने, जो भए पनि हुन्छ ।'

उनले प्रधानमन्त्री बालेन्द्रसँग सोमबार भएको भेटवार्ताको विषयमा पनि कुरा गरे । उनले भने, 'विशेषगरी सुकुमवासी समस्या समाधान गर्न जे गर्नुपर्थ्यो, त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो । आम नागरिकले दुःख पाउनुभएन । त्यसको व्यवस्थापनको विषयलाई लिएर कुरा गर्‍यौँ ।' उनले भेटवार्तामा अन्य विषयमा राष्ट्रिय राजनीति, भोलीको परिस्थितिका विषयमा राजनीतिक छलफल भएको बताउँदै भने, 'परिणाममुखी छलफल गर्‍यौँ ।'

कान्तिपुर

Link copied successfully