सांसद राईको प्रश्न : प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर ५ वर्षै भनिरहनुपर्ने हो ?

प्रतिनिधिसभाको जेठ १७ को बैठकमा प्रधानमन्त्री शाहले भनेका थिए, 'भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।

असार २२, २०८३

कान्तिपुर संवाददाता

MP Rai's question: Do we have to keep saying for 5 years that the Prime Minister should remove his anti-national statements?

काठमाडौँ — श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो ? भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् । 

‘सभामुख महोदय, प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ लाई हामीले कार्यान्वयन गर्ने कि नगर्ने यो प्रश्न सोध्न चाहन्छु । र अर्को हामीले कहिलेसम्म प्रधानमन्त्री ज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु । के एक वर्ष, दुई वर्ष, ५ वर्ष ? हामी तयार छौँ । राष्ट्रियताको सवालमा १ इन्च तलमाथि हामी सर्दैनौ सभामुख महोदय। त्यसैले प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्ति उहाँले करेक्सन गर्नुपर्छ यस सम्मानित सदनको रोस्ट्रममा आएर,’ उनले भने । 

प्रतिनिधिसभाको जेठ १७ को बैठकमा प्रधानमन्त्री शाहले सीमाको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गरिरहेका छन् । उक्त बैठकमा प्रधानमन्त्री शाहले भनेका थिए, 'भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।' पछि चितवनमा रास्वपाको पहिलो महाधिवेशनका क्रममा उनले कालापानी र लिपुलेकको प्रमाण भएको बताए पनि आफ्नो अभिव्यक्तिबारे केही बोलेनन् । उनले कालापानी र लिपुलेक फिर्ता ल्याउने उल्लेख गर्दै भनेका थिए, 'मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नुपर्दैन ।'

कान्तिपुर

Link copied successfully