सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।

असार १७, २०८३

रासस

National Assembly Speaker Dahal's ruling to the government

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् । अध्यक्ष दाहालले भने, 'राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।'

रासस

Link copied successfully