भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल

सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

Indian helicopter entered Nepali territory due to adverse weather: Foreign Minister Khanal

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको जानकारी दिएका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको स्पष्ट पारेका हुन् ।

'दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनशायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ,' मन्त्री खनालले भने ।

जेठ २७ गते बिहान भारतीय सेनाको हेलिकप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै नेपाली आकाशमा पसेको थियो ।  सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए । उक्त सैनिक हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१,  छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ । 

कान्तिपुर

Link copied successfully