रास्वपा सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित

सहमहामन्त्रीमा डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका थिए ।

असार १२, २०८३

कान्तिपुर संवाददाता

Nisha Dangi elected as RSVP Joint General Secretary

चितवन — रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् । उनले ७३७ मत प्राप्त गरेकी छन् । 

सहमहामन्त्रीमा डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका थिए ।

डाँगी कोशी प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । आइतबारदेखि चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन जारी छ । 

कान्तिपुर

Link copied successfully